काठमाडौं – खानेपानी मन्त्री प्रदिप यादवले स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नका लागि पहल थालेका छन्।
उनले आफु्नो मन्त्रालय मातहतका विभिन्न महाशाखा, विभाग र शाखाहरूको बारेमा जानकारी लिएर आगामी कार्ययोजनाहरु बनाउन शुरु गरेका हुन। ‘‘स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न आधुनिक प्रविधिको प्रयोग, दिगो योजनाहरूको विकास, र जनचेतना कार्यक्रमहरू सञ्चालनमा जोड दिएको छू।’’ उनले भने, ‘‘ग्रामीण तथा दुर्गम स्थानहरूमा पनि विशेष प्राथमिकता दिने र अनुगमन तथा मूल्यांकन प्रणालीलाई बलियो बनाउने प्रतिबद्धता गरेको छु।’’
यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा छोटो समय स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका यादव द्रुतगतीमा काम गर्ने मन्त्रीको रुपमा चिनिन्छन्।
त्यसअघि वनमन्त्रीको रुपमा समेत लामो समय विताउन नपाएको भएपनि विभिन्न उपलव्धीमुलक काम गरेर ‘‘लो प्रोफाइल’’ मानिने वनमन्त्रालयलाई चर्चामा ल्याएका थिए। यसपटक पनि खानेपानी मन्त्रीको रुपमा कार्यभार सम्होपछी यादवबाट धेरैले राम्रा कामहरुको अपेक्षा गरेका छन्।