नेपाल सरकारको राष्ट्रिय परिचयपत्र वितरण अभियान अन्तर्गत, अब नागरिकहरुले आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर थाहा पाउन सजिलो तरिका अपनाउन सक्नेछन्।
अब राष्ट्रिय परिचयपत्र नम्बर थाहा पाउन सरकारी अड्डा धाइरहनुपर्ने झन्झटबाट छुटकारा मिलेको छ। तपाई आफ्नो मोबाईलबाट एउटा म्यासेज गरेर मात्र पनि राष्ट्रिय परिचयपत्र नम्बर थाहा पाउन सक्नुहुन्छ ?
यसरी थाहा पाउन सकिन्छ राष्ट्रिय परिचयपत्र नम्बर
१. सर्वप्रथम, आफ्नो मोबाइल फोनको म्यासेज बक्समा जानुहोस्।
२. सन्देश प्राप्त गर्ने नम्बर अर्थात म्यासेज पठाउने नम्बरको ठाँउमा ३०००१ टाइप गर्नुहोस्।
३. म्यासेज बक्समा अग्रेजीमा एन टाइप गर्नुहोस्, त्यसपछि एउटा स्पेस दिनुहोस् र आफ्नो राष्ट्रिय परिचयपत्र आवेदन फारमको १६ अङ्कको नम्बर टाइप गर्नुहोस्।
४. अब, टाइप गरिएको सन्देशलाई पठाउनुहोस्।
उपरोक्त प्रक्रिया पूरा गरेपछि, तपाइँले केही समयमै आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर समावेश गरिएको सन्देश प्राप्त गर्नुहुनेछ।
यो सेवा नागरिकहरुलाई राष्ट्रिय परिचयपत्रको विवरण सजिलै प्राप्त गर्न मद्दत पुर्याउनेछ र डिजिटल नेपाल निर्माणको यात्रामा एक महत्वपूर्ण कदम सावित हुनेछ।
नागरिकहरुले यो सेवालाई सही ढंगले उपयोग गरेर आफ्नो परिचयपत्र नम्बर थाहा पाउन सक्नेछन् र यसको सहायताले सरकारी तथा गैर–सरकारी सेवाहरुमा पहुँच अझ सहज हुनेछ।