सिड्नी – अष्ट्रेलियामा करको कामहरु चलिरहेको छ। यस्तो बेलामा विभिन्न प्रलोभन देखाएर ‘स्क्याम’ (ठगी) गर्नेहरु सकृय हुने गर्दछन्।
उनीहरुले विभिन्न बहानामा व्यक्तिगत जानकारी प्राप्त गरी त्यहि जानकारीको आधारमा ठगी गर्ने गरेका छन्। यस्तो प्रकारका ‘स्क्यामर’हरुले विशेषत सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गर्ने गरेका छन्।
उनीहरुले सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रलोभनमुलक पोष्टहरु गरेर लोभ्याउने गर्दछन्। र, त्यहि प्रलोभनमा परेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आफ्नो व्यक्तिगत बिवरण ‘स्क्यामर’लाई उपलव्ध गराउने गर्दछन्।
‘स्क्यामर’ले त्यहि बिवरण प्रयोग गरेर विभिन्न आर्थिक अपराधिक क्रियाकलापहरु गर्ने गर्दछन्।
विशेषगरी अष्ट्रेलीयामा अध्ययन गरिरहेका विद्यार्थीहरु यस्तो ‘स्क्याम’को शिकार हुने गरेको पाइएको छ। प्रिपक्वतामा कमी र आर्थिक प्रलोभनका कारण उनीहरु यस्तो ‘स्क्याम’मा फस्ने गरेका छन्।
अष्ट्रेलियामा रहेका नेपाली समुदायका माइग्रेसन एजेन्ट हिरा कँडेलले फेसबुकमार्फत यस्ता खालका स्क्यामरहरुबाट सचेत रहन आग्रह गरेका छन्। ह्याकरहरुको यस्ता खाले धेरै पोष्टहरु आफुँले देखेको बताउदै उनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
हेर्नुहोस हिरा कँडेलको पोष्ट
