राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिका र चितवन जिल्ला क्रिकेट संघले छुटाछुटै रुपमा सम्मान गरेका छन्।
मंगलबार महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेललले संयुक्त रुपमा नगद रु एक लाखसहित उनलाई सम्मान गरेका हुन्।
आजै चितवन जिल्ला क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल प्रालिले पनि लामिछानेलाई एक लाखसहित सम्मान गरे। संघका सचिव सुरज ज्ञवालीले क्रिकेटमा लामिछानेले पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको बताए।
चितवनका लामिछानेले सन् २०१४ देखि क्रिकेट खेल्न थालेका हुन्। उनले चितवनको क्याम्पाचौरबाट क्रिकेट खेल्न शुरु गरेका थिए।