चट्याङ परेर कैलालीको धनगढी र जोशीपुरमा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका १८ एफ गाउँका २७ वर्षीय शालिम चौधरी र जोशीपुर गाउँपालिका(३ भित्रिया गाउँका ३१ वर्षीय जयराम डगौराको मृत्यु भएको हो । डगौरा आफ्नै घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागरेर घाईते भएका थिए । उनको स्थानीय महापर्वती क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाईते भएका धनगढीका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त डिएसपी कबिन्द्रसिंह बोहराले बताए । प्रहरीकाअनुसार घाईते हुनेहरुमा कैलालीको जानकी गाउँपालिका ४ बेलपुरकी रिता कठरिया, सोही गाउँकी सुस्मा डगौरा, भजनी नगरपालिका ६ का राम बहादुर चौधरी, घोडाघोडी नगरपालिका(९ बुदेनी कि सरस्वती भुल, सोही नगरपालिका ७ कि पारु कठायत खिमा कठायत रहेका छन् । घाइतेहरुको विभिन्न स्थानीय स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।