अविरल वर्षको कारण पृथ्वी राजमार्ग सडक भासिएको छ । पोखरा १४ चाउथे आनन्द टोलस्थित घट्टेकुलोको पानीको बहाव बढेपछि सडक भासिएको हो ।
विहान ०६ः३० बजेको समयमा सडकको दायाँ साइड करिब पाँच मिटर लम्बाई, करिव १.५ मिटर चौडाई सडक कुलोको पानीले काटेर भत्काएको थापाले जानकारी दिए ।
सडक भासिएको स्थानदेखि करिब १० मिटर अगाडि सोही सडकखण्डमा दायाँतर्फ अन्दाजी सात मिटर लम्बाई र अन्दाजी एक मिटर चौडाई भाँसिएर खसेको छ । हाल सामान्य मर्मत गरि सडक एकतर्फी रुपमा संचालन गरिएको प्रहरीले जनाएको छ ।