भारतीय विश्वविद्यालयले ५१ हजारमा मानार्थ विद्यावारिधि बाँड्न लागेको समाचारप्रति शिक्षा मन्त्रालयले आफ्नो ध्यानाकर्षणा भएको जनाएको छ ।
शनिबार पर्यटन बोर्डको हलमा गर्न लागेको कार्यक्रम शिक्षा ऐन,२०२८ को १६(ढ) तथा शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३ को ३(घ) विपरित भइरहेको कार्यक्रम आयोजना नगर्न शिक्षामन्त्री सुमना श्रेष्ठले निर्देशन दिएकी छन् ।
यसविषयमा मन्त्रालयले गृह मन्त्रालयसँग आवश्यक समन्वय गरिरहेको जनाइएको छ । अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंले आयोजक र आयोजनास्थलबारे आवश्यक समन्वय गरिरहेको र आयोजकले कानूनविपरित कार्यक्रम जारी राखे प्रशासनले आवश्यक हस्तक्षेप गर्ने पनि मन्त्रायलये जनाएको छ ।
यस विषयमा मन्त्रालयले थप अनुसन्धान गरेर कारवाही प्रक्रिया अघि बढाउने बताइएको छ ।