बारा । बाराको निजगढ नगरपालिका वडा नं. ७ रोहित वर्कशपमा बम जस्तो देखिने शंकास्पद वस्तु पड्किदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत गवाही बस्ने ३५ वर्षीय राकेश जयसवाल,विरगंज महानगर पालिका वडा नं.९ वस्ने ३४ का बस्ने बर्ष २० को रितु रजत रबर्कशप सञ्चालक निजगढ नगरपालिका ९ का रेशम जर्घा मगर रहेका छन् । यस्तै विरगंज महानगरपालिका वडा नं. ९ वस्ने ३४ काफिरोद देवान र भारत रामगढवा बस्ने बर्ष २० को अरीवन साह घाइते भएका छन् ।
कवाड सञ्चालक राज जैसवालले सो बम जस्तो देखिने वस्तुमा रहेको तामा निकाल्न वर्कशपमा ल्याएको र वर्कशपमा काट्ने क्रममा सो बम जस्तै देखिने वस्तु विस्फोट हुँदा सो घटना भएको हो ।
जैसवाल र उनकी श्रीमति शुशिलादेवी जैसवाललाई घटनास्थलबाट भारत भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको बाराकाप्रहरी उपरिक्षक शुरेसकाफलेले बताए । यता अनुसन्धानमा खटिएको प्रहरीले सिसिटिभी हेर्ने र सो बिक्रीमा संलग्न रहेकाहरुको पहिचानकालागि गएराति दुई स्थानमा छापा मारी थप मानिस पक्राउ गरेको छ ।