काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार (आज) जारी साधारण सभा बहुमत कार्यसमित सदस्यहरुलेनै बहिष्कार गरेका छन्। आफूहरुबिच छलफलनै नभएको विषय वस्तुहरु कार्यसूचीमा राखेको भन्दै उनीहरुले साधारण सभानै बहिष्कार गरेका हुन्।
साधारणसभाको विषयसूची तय गर्न एन्फा मुख्यालयमा फागुन ३ गते देखि ६ गतेसम्म केन्द्रिय कार्यसमिति बैठक सन्चालन भएको तर साधारणसभामा राखिने विषयबस्तुमा आफ्नो असहमतिका बाबजुत विषयबस्तु थप गरिएको आरोप असन्तुष्ट पक्षको छ।
