काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टियू मैदानमा दर्शकहरूका लागि क्यानले गर्यो निःशुल्क खानेपानीको व्यवस्था गरेको छ । नेपालले आज आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियासँग दोस्रो खेल खेलिरहँदा क्यान खानेपानीको व्यवस्था गरेको हो ।
टियूमा नेपालको खेल हुँदा समर्थकरदर्शकहरूको उल्लेख्य उपस्थिति रहने गरेको छ । ‘सम्पूर्ण नेपाली क्रिकेटप्रेमी दर्शकहरूको आवश्यकतालाई ध्यानमा राख्दै त्रिवि क्रिकेट मैदानको मुख्य प्रवेशद्वार र चोभार एण्ड तर्फ पिउने पानीको व्यवस्था गरिएको जानकारी गराउन चाहन्छौं,’ क्यानले भनेको छ ।नामिबियासँग टस हारेर नेपाल पहिला ब्याटिङ गरिरहेको छ ।
