वीरगन्ज । वीरगन्जमा दुई समुदायबिच उत्पन्न भएको विवाद सुल्झाउन बसेको सर्वदलीय बैठक सकिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले डाकेको सर्वदलीय बैठक ५ बुँदे सहमति गर्दै सकिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जनाए ।
सहमतिअनुसार पहिलो बुँदमा सयौँ वर्षदेखि कायम रहेको दुई समुदायबिचको एकतालाई अझ मजबुत गराइ, एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पर्ने प्रतिबद्धता जनाइएको छ ।
