काठमाडौँ । काठमाडौँको दरबारमार्गमा ‘अर्गानिक लाउन्ज एण्ड क्लब’ सञ्चालनमा आएको छ । अरू भन्दा फरक स्वाद र सेवा दिने उद्देश्यले फागुन १ गतेदेखि लाउन्ज एण्ड क्लब सञ्चालनमा आएको हो ।

युवा व्यवसायी फिलिप डिसीले उक्त लाउन्ज एण्ड क्लब सञ्चालनमा ल्याएका हुन् । सञ्चालक डिसीका अनुसार क्लबमा लाइभ म्युजिकको साथमा मार्सी चामलको भात, लोकल कुखुराको मासुसहित अन्य नेपाली परिकारहरू पाइने जनाएको छ ।

‘पारिवारिक वातावरणमा बसेर जुम्लाको मार्सी चामलको भात र लोकल खानाको स्वाद लिन सकिने सेवा लिएर आएका छौँ’ सञ्चालक डिसीले भने, ‘नेपालको परम्परा, संस्कृति र स्वादहरूलाई जीवन्त राख्नका लागि अर्ग्यानिक लाउन्ज एण्ड क्लब सञ्चालनमा ल्याएका हौँ।’

पछिल्लो समय विदेशी परिकारहरूले गर्दा नेपाली खाना ओझेलमा परेकोले आफूले लाउन्ज एण्ड क्लब सञ्चालनमा ल्याएको बताउँदै नेपाली परिकार र खानाको स्वाद लिन आउन सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरे ।

अपराह्नको ४ बजेबाट बिहानको ६ बजेसम्म ग्राहकको सेवामा हुने बताउँदै डिसीले काठमाडौँभरि नै डेलिभरीको सुविधा समेत रहेको जानकारी दिए ।क्लबमा निःशुल्क प्रवेशका साथै पार्किङको पनि सुविधा रहेको छ ।
