काठमाडौं । ईपीएस कोरिया भाषा परीक्षा फागुन ७ गतेदेखि सञ्चालन गरिने भएको छ ।ईपीएर कोरियाको ‘मेन्युफ्याक्चरिङ सेक्टर’ तर्फको भाषा परीक्षा यही फागुन ७ (सोमबार) देखि सुरू गर्न लागिएको हो । हालसम्मकै उच्च १ लाख ६३ हजार ६३५ जनाको आवेदन परेकोले परीक्षा तीन चरणमा हुने भएको हो ।
ईपीएस कोरिया शाखाका अनुसार बिहान साढे ९ बजे, बिहान ११ बजे दिउँसो १ र ३ बजे साथै अपरान्ह ४:१० बजे गरी पाँच सिफ्टमा परीक्षा सञ्चालन गरिनेछ ।पहिलो चरणमा ४७ हजार ५१९ जनाको परीक्षा लिइने छ । अप्रिल ५ अर्थात् चैत २२ गते समाप्त हुनेछ । २०८१ वैशाख ३१ गतेदेखि हुने दोस्रो चरणको परीक्षामा ७९ हजार ९३७ जना सामेल हुने छन् ।