कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरापलिका–१ सुरही खोलामा बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ ।
मृतकहरुमा रौतहट औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी, दसल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगि, भारत उत्तरप्रदेश मुरदाबाद का ५५ वर्षीय सकिल मुसलमान, भिमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुल राम कामी, भिमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भिमदत्त नगरपालिका १६ की २७ वर्षीय सन्जु थापा, भिमदत्त नगरपालिकाकी २१ वर्षीय खगेश्वरी खाती, भिमदत्त नगरपालिका २ का सुदीप भट्ट, पुर्नवास नगरपालिका ९ बिसफाटा बस्ने विमला देवि भट्ट र पुर्नवास नगरपालिका ९ बिचफाँटा बस्ने विसन दत्त भट्ट रहेका छन् ।
यसैगरी, दुर्घटनामा ३० जना घाइते भएकामध्ये नौ जनाको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि वलीले जानकारी दिए ।
अन्यको सन्जिवनी र आधारभूत अस्पताल चन्द्रौटामा उपचार भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए । बस दुर्घटना भने बे्रक फेलका कारण भएको प्रहरी उपरिक्षक पौडेलेको भनाइ छ ।महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल खसेको थियो ।