काठमाडौँ । बाँसबारीस्थित १० रोपनी सरकारी हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतले चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।उनलाई नेपाल प्रहरीको केन्द्रीय ब्यूरो ९सीआईबी०ले बिहीबार काठमाडौँको लैनचौरबाट पक्राउ गरेको थियो।
यस्तै, अदालतले सोही प्रकरणमा पक्राउ परेका बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापालाई पनि चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।यस्तै, पक्राउ परेका सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई शुक्रबार अदालतमा उपस्थित गराइनेछ।