धनगढी । पाँच तलाबाट हाम फाल्दा धनगढीका एक व्यापारीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–४ का ५३ वर्षीय सन्तोष अग्रवालको ज्यान गएको हो ।
घरको छतबाट हाम फालेका व्यापारी अग्रवाललाई उपचारका लागि तत्काल नवजीवन अस्पतालमा लगिएकोमा उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुलदीप चन्दले जानकारी दिए ।
अग्रवाल कस्मेटिक व्यापार गर्दै आइरहृेका थिए । उनले के कति कारणले घरको छतबाट हाम फालेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।