कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा चौथो फारवेष्ट कप आधारभूत तह विद्यालय स्तरीय पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता हुने भएको छ । पुर्नवास नगरपालिका वडा नम्बर १० मा रहेको फारवेष्ट ईन्टरनेशनल स्कुलको आयोजनामा माघ १९ गते पेनाल्टी सुटआउट हुने आयोजकले जनाएको छ ।
शिक्षा सँगै खेलकुद लाई पनि अगाडि बढाउने उद्देश्यले विगत चार वर्षदेखि विद्यालय स्तरीय पेनाल्टी सुटआउट प्रतियोगिताको आयोजना गरिँदै आइरहेको विद्यालयका अध्यक्ष तथा सञ्चालक काशीराम बोहराले बताए ।
उनका अनुसार यस वर्ष चौथो फारवेष्ट कप आधारभूत तह विद्यालय स्तरीय पेनाल्टी सुटआउट फुटबल प्रतियोगिताको विजेताले ३० हजार, उपविजेताले १५ हजार साथमा सानदार ट्रफी तथा मेडल र सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक र उदयमान खेलाडीले १ हजार ५ सय प्राप्त गर्नेछन् ।