काठमाडौं । माओवादी धारका राजनीतिक दलहरूबिचको बैठक बालुवाटारमा बसिरहेको छ। माओवादी आन्दोलनका (पूर्व माओवादी) राजनीतिक दलहरूबिचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारस् रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ।
तीन वर्षअघि माघीका अवसरमा टुडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा दिए लिने अभिव्यक्ति दिएका थिए। सोही विषयमा बहालवाला प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउन केहीदिन अघि सर्वोच्चले आदेश दिएको थियो। र, प्रधानमन्त्रीविरुद्ध नै रिट दर्तासमेत भइसकेको छ।
यही सन्दर्भमा पछिल्लोसमय माओवादीधारका पार्टीहरुबिच छलफल बढेको हो। सो बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, बिप्लव कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओली लगायतको सहभागीता रहेको छ ।