काठमाडौँ । माओवादी घटकहरूको बैठक सुरु भएको छ ।बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बैठक सुरु भएको हो । सो बैठकमा सशस्त्र द्वन्द्वकालीन मुद्दा तथा सङ्क्रमणकालीन न्यायको बारेमा छलफल हुनेछ।
सो बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, बिप्लव कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओली लगायतको सहभागीता रहेको छ ।

सर्वोच्च अदालतले द्वन्द्वपीडितलाई न्यायिक प्रक्रियामा जान रोक्न नहुने भन्दै सर्वोच्च अदालतले रिट दर्ता गर्न आदेश दिए पछि माओवादीले त्यसमा असहमति जनाएको छ ।
सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई कसरी लिने भन्ने बारेमा छलफल गर्नका लागि माओवादीले बैठक बोलाएको हो ।
