काठमाडौँ । राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेललाई निर्वाचन आयोगले संसद भवनमा आयोजित एक कार्यक्रमबीच प्रमाणपत्र हस्तान्तरण गरेको छ।
बिहीबार दिउँसो राष्ट्रपतिमा चुनिएका पौडेलले साँझ प्रमाणपत्र बुझेका हुन्। कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश चन्द्र थपलिया, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेर बहादुर देउवा लगायत सहभागी थिए। एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित पौडेल राष्ट्रपति बनेका हुन्।