काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय गर्नुपर्ने बताएका छन् ।नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रमलाई मंगलवार राजधानीमा सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
उनले अब केही दिनमा नयाँ सरकार बन्ने र समस्या समाधान गर्ने दाबी गरे ।‘पछिल्लो समय अर्थतन्त्रका सन्दर्भमा संसद्मा प्रधानमन्त्रीदेखि सांसदहरू समेतले अर्थतन्त्र संकटमा छ भन्ने गरेका छन् । अब अर्थतन्त्रको संरचनागत सुधार गर्नतिर नलाग्ने हो भने अर्थतन्त्रमा समस्या आइरहन्छ,’ उनले भने, ‘अर्थतन्त्रमा देखिएका समस्या स्मार्ट सरकारले समाधान गर्न सक्छ । सरकार स्मार्ट हुनुपर्छ । अहिलेको राजनीतिक घटनाक्रमसँगै केही दिनमा नयाँ सरकार बन्छ । सरकारले चाहेको खण्डमा अहिले चलिरहेको संसद् अधिवेशनबाट नेपाल ऐनको मार्फत २२र२४ कानून सजिलै पास गर्नसक्छौं ।’
मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल केही महत्त्वपूर्ण कदम चाल्न आवश्यक रहेको उनले बताए ।