काठमाडौँ । रवि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आएको छ ।
संवैधानिक इजलासले लामिछानेले नागरिकता पुन प्राप्तीको प्रकृयामा नगएको भन्दै उनको सांसद पद खारेज गर्ने फैसला गरेको थियो ।
तत्कालीन गृह मन्त्री लामिछानेले फैसलालगत्तै राजिनामा दिएका थिए भने केही दिनमा नागरिकता पुन प्राप्तिको प्रकृयामा गएर प्रमाणपत्र लिएका थिए। सर्वोच्चको फैसलापछि रविले आफु अनागरिक भएको अभिव्यक्ती दिएका थिए ।