काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी घटकको बैठक राखेकोमा आपत्ति जनाएका छन् ।
मंगलवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै थापाले प्रधानमन्त्री निवासको दुरुपयोग नगर्न आग्रह गरेका छन् ।
थापाले लेखेका छन्, ‘माओवादी नौटंकी – पीडितहरू बोल्न थालेपछि थाहा होला – असली हैसियत । यसरी प्रधानमन्त्री निवासको दुरुपयोग नगर ।’
प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अगुवाइमा बैठक बसेको हो । सशस्त्र द्वन्द्वकालका मुद्दा ब्युतिन थालेपछि माओवादी घटकहरू छलफलमा जुटेका थिए ।