काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियन एथलेक्ट्स एसोसिएसनका अध्यक्ष तथा वल्र्ड एथलेक्ट्सका सदस्य डह्लान अल–हम्मदको टोलीले भेटवार्ता गरेको छ ।
आज विहान प्रधानमन्त्री प्रचण्डसँग सो टोलीले भेटवार्ता गरेको हो ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।