धनगढी । सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले विश्वासको मत दिने भएको छ।नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले केहीबेरमा विश्वासको मत लिन बैठक राखिएको छ।
प्रदेश सभा बैठकअघि नाउपाले विश्वासको मत दिने निर्णय गरेको थियो। यसअघि नेकपा एमालेबाट बनेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाएका थिएनन्।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत २७ सांसद आवश्यक पर्छ।प्रदेश सभामा एमालेका १०, माओवादीका ११ (सभामुखसहित) र राप्रपा एक सांसद छन्।
७ सांसद रहेको नागरिक उन्मुक्तिले मत नदिएपछि रावलले विश्वासको मत पाएका थिएनन्। त्यसपछि प्रदेशको ठूलो दलको हैसियतले शाह मुख्यमन्त्री नियुक्त भएका थिए।