काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति चुनावमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुने दाबी गरेका छन् ।
राष्ट्रपति चुनावबारे सांसदहरूलाई प्रशिक्षण दिन आठदलीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुअघि पत्रकारलाई प्रतिक्रिया दिँदै देउवाले पौडेलको जित हुनेमा आफू ढुक्क रहेको दाबी गरे ।
रामचन्द्र पौडेल रास्ट्रपति हुनेमा कतिको विश्वस्त हुनुहुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफमा देउवाले भने, ‘ढुक्क छु । राष्ट्रपतिमा पौडेललाई आठदलीय गठबन्धनको समर्थन छ ।’
पौडेलसँगै एमालेबाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिका उम्मेदवार छन् ।