विराटनगर । किरात लिम्बुवान सगरमाथा नामको प्रस्ताव प्रदेश १ को प्रदेशसभाले छलफलका लागि अस्वीकृत गरेको छ।
बुधबार बसेको प्रदेससभा बैठकमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले राखेको किरात लिम्बुवान सगरमाथा प्रदेश नामको प्रस्ताव प्रदेशसभाले छलफलका लागि अस्वीकार गरेको हो।
प्रदेशसभाले एमाले सांसद रामबहादुर राना मगरले कोशी प्रदेश नाम राख्न गरेको प्रस्ताव छलफलका लागि स्वीकृत गरेको छ।
प्रदेशसभाले छलफलका लागि स्वीकृत गरेपछि कोशी प्रदेशबारे बैठकमा छलफल सुरु भएको छ। छलफलपछि मतविभाजनको तयारी गरिएको छ।
प्रदेशसभाको बहुमतले कोशी प्रदेशलाई छलफलका लागि स्वीकार गरेपछि सभामुख बाबुराम गौतमले किरात लिम्बुवान सगरमाथाको प्रस्ताव अस्वीकृत भएको जानकारी दिएका थिए।