काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
भृकुटीमण्डपस्थित फनपार्कको जग्गा लिज प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गुरुङविरुद्ध १२ माघ २०७५ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
तत्कालीन महिला बालबालिका तथा समाजकल्याणमन्त्री बद्रिप्रसाद न्यौपानेलगायत कांग्रेस नेता गुरुङसहित १४ जनाविरुद्ध मुद्दा दायर भएकामा विशेष अदालतले मंगलबार नौ जनालाई दोषी ठहर गरेको हो ।
गुरुङलाई मतियारका रूपमा दोषी ठहर गरे पनि सजाय निर्धारणका लागि भने २५ फागुनमा पेशी तोकिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए । मुद्दा विचाराधीन रहेकैबेला उनी गत निर्वाचनमा मनाङबाट निर्वाचित भएका थिए । उनी हाल निलम्बित अवस्थामा छन् ।