बारा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सत्ता समिकरण जता भए पनि ५ बर्षकै लागि आफू मुख्यमन्त्री बस्ने र काम पनि गर्ने बताएका छन् ।
सत्ता समिकरण केन्द्रले निर्णय गरे पनि आफुलाई काम गर्न सबै दलको सहयोग रहने बताएका छन् । बाराको निजगढको लालबकैया र शक्ति खोला मुहानको निरीक्षण गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री यादवले निजगढ ४ को बकैया र निजगढ १३ को शक्ति खोलामा सञ्चालित सिँचाई आयोजनालाई थप विस्तार गरेर कमाण्ड एरिया विस्तार गर्ने लक्ष्यका साथ प्राविधिक टोलीसहित नदीको मुहान निरीक्षण गरेका हुन् ।
निरीक्षण क्रममा मुख्यमन्त्री यादवले नेपालमा जलस्रोतको दृष्टिले विश्वकै दोस्रो धनी देश भएपनि यसको सही प्रयोग गर्न नसक्दा अपेक्षित विकास हुन नसकेको बताए ।