काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमाले सचिवालय बैठक सुरु भएको हो।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल भइरहेको छ।
एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ।्
साथै, बैठकमा परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट रोकेको विषयमा पनि छलफल हुनेछ।