काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए ।
चितवन क्षेत्र नम्बर–२ मा आउँदो वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न बैठक बस्न लागिएको हो ।
पार्टी कार्यालय वसुन्धारामा आजका लागि बोलाइएको बैठकमा फेरिएको राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने अर्यालले जानकारी दिए ।