काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
राष्ट्रपति निर्वाचनमा कसलाई मत लिनेबारे छलफल गर्न रास्वपाले केन्द्रीय कमिटी बैठक बोलाएको हो। बैठक सोमबार बस्नेछ।
राष्ट्रपति पदका लागि ८ दलको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन्।
पौडेलले शनिबार रास्वपा सभापति रवि लामिछानेलाई भेटेर आफूलाई समर्थन गर्न आग्रह गरेका थिए। तर, रास्वपाले राष्ट्रपतिमा कसलाई समर्थन गर्नेबारे निर्णय गरिसकेको छैन।
गत पुस १० मा बनेको सात दलीय सत्तागठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धन बनेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेकामा फागुन २२ गते सरकारबाट बाहिरिए पनि सरकारबाट अहिलेसम्म समर्थन भने फिर्ता लिएको छैन।
राष्ट्रपतिको निर्वाचनका लागि कांग्रेस वा एमालेका उम्मेदवारको प्रस्तावक वा समर्थकमा रास्वपा बसेको छैन। केन्द्रीय समिति बैठकबाट उक्त दलले यसबारे स्पष्ट नीति तय गर्ने बताइएको छ।
सम्बन्धित समाचारः राष्ट्रपतिमा पौडेल र नेम्वाङबीच भिडन्त हुने
उक्त बैठकमा चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीबारे पनि छलफल हुनेछ।