काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन्।
गोरखामा हुने २ वटा कार्यक्रममा सहभागी हुन प्रचण्ड आज बिहान ११ बजे त्यसतर्फ जान लागेका हुन्।
दिलबहादुर रम्तेलको स्मृति सभा, 'सहिद' परिवारलाई सम्मानलगायत कार्यक्रमका लागि बारपाक सुलिकोट जाने र मतदाता तथा कार्यकर्ता भेटघाटलाई पालुङटार जाने कार्यक्रम तय भएको हो।