काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले राष्ट्रपतिमा प्रस्तावित गरेका कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुने बताएका छन् ।
महेन्द्रनारायण निधिको १०१ औं मज जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले ८ दलले अगाडि सारेका नेता पौडेल विजयी हुने बताएका हुन् ।
आज मात्रै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्टपतिका निम्ति प्रस्तावित गरेका छौं । उहाँ विजयी हुनुहुन्छ भन्ने आशा गरेका छौं’, उनले भने, ‘ओहदाको मर्यादको रक्षा र सम्मान गर्दै देश र जनताको हितमा लागौं भन्न चाहन्छु ।’
नेपालले ८ दलको बीचमा राष्ट्रिय मर्यादा, स्वाभाविक, लोकतन्त्र, गणतन्त्र र संघीयतालाई कसरी रक्षा गर्ने, समावेशीलाई कसरी कायम गर्ने भन्नेमा एउटै मत रहेको बताए । सुशासन, विकासको आवश्यकता, जनताको समृद्धिको चाहनालाई पूरा गर्न आफूहरू जुट्न् उनले बताए ।
नेपालले महेन्द्रनारायण निधि नेपाली राजनीतिका आदर्श पात्र भएको पनि बताए ।