कामठाडौँ । कांग्रेसका तर्फबाट राष्ट्रपतिको उम्मेदवार रहेका नेता रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।
रविलाई भेट्न पौडेल उनको निवासमै पुगेका थिए । पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णयपछि पौडेलले आफूलाई मत दिन रविसँग आग्रह गरेको बुझिएको छ ।
भेटमा रविले राष्ट्रपतिको उम्मेदवार बनेकोमा पौडेललाई बधाई दिँदै जीतको शुभकामना दिएका थिए ।रास्वपाले राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने निर्णय गरिसकेको छैन । रविले छिट्टै कुनै निर्णयमा पुग्ने बताएका छन् ।
पौडेललाई प्रमुख सत्तारुढ नेकपा (माओवादी केन्द्र)सहित ८ दलको समर्थन प्राप्त भइसकेको छ ।आज उम्मेदवारी मनोनयन गरेर राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।