काठमाडौँ । जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानका निधन भएको छ ।
भक्तपुरको मध्यपुर ठिमी अस्पतालमा सांसद रहमानको शनिबार निधन भएको हो ।
६७ वर्षीया रहमान भक्तपुरको ध्याम्पे डाँडामा आयोजित पिकनिक कार्यक्रममा खाना खाएर गफ गरिरहेको बेला एक्कासी हृदयघात भएको थियो । त्यसपछि उनलाई अस्पताल पुर्याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।
उनी जसपाको केन्द्रीय सदस्य र महिला फोरमकी पूर्व अध्यक्षसमेत थिइन् ।