काठमाडौँ । नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको रक्षकको भूमिकाका लागि आफू तयार रहेको बताएका छन् ।
शनिबार केन्द्रीय कार्यसम्पादन समितिले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बैठकपछि पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको बताए ।उनले संविधानको रक्षाका लागि सबैलाई आह्वान गरे ।