काठमाडौं । राप्रपा सरकारबाट बाहिरिने भएको छ । राप्रपाको भर्खरै बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै राप्रपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिनेछ ।
राप्रपा सरकारमा रहनु उपयुक्त नहुने ठहर बैठकले गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ताकेन्द्रित अस्थिरतातर्फ धकेलिएको राप्रपाले निष्कर्ष निकालेको छ । राप्रपाले केन्द्र र प्रदेश सरकारहरुबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने पनि निर्णय गरेको छ ।
