काठमाडौं। सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृत दिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी ऐन संसद्समक्ष पेश गर्न स्वीकृत प्रदान गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
यसअघि संसद्मा पेस गरिएको विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक पेस गर्न लागेको हो।
बैठकले चालू आर्थिक वर्षको लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार ३ सय ५१ रूपैयाँ निर्धारण गरेको छ।

