काठमाडौं। बालुवाटारमा चार दलका नेताको बैठक जारी छ।
चुनावअघिको गठबन्धनमा आवद्ध चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताको बैठक जारी छ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन्।
बैठकमा पुरानो गठबन्धन ब्युँताएर राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्ने विषयमा छलफल भइरहेको छ।