काठमाडौँ । नेपाली कांग्रेसले शनिबार बिहानका लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले शनिबार बिहान साढे ८ बजेका लागि बैठक बोलाएको हो ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठक पार्टी कार्यालय सानेपामा बस्नेछ। बैठकमा राष्ट्रपतिको उम्मेदवार तय गर्नेबारे छलफल हुने बताइएको छ ।