काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई उपराष्ट्रपति पद दिनका लागि माओवादी केन्द्र सकारात्मक रहेको बताएका छन् ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको वार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता यादवले यसबारे जानकारी दिएका हुन् ।
बैठकमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालन लगायतका विषयमा छलफल भएको उनले बताए । यस क्रममा माओवादी केन्द्र जसपालाई उपराष्ट्रपति दिनका लागि सकारात्मक भएको उनको भनाइ थियो ।