काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
उनीहरुबीच बिहीबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो।
भेटमा राष्ट्रपति निर्वाचन, पूरानो सत्ता गठबन्धन ब्युताउनेलगायत समसामयिक विषयमा छलफल भइरहेको छ।
उक्त छलफलमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी छन्।