काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार गठन भएका बेला भएको सहमति अनुसार नै राष्ट्रपतिमा एमालेका उम्मेदवारले विजयी हासिल गर्ने दाबी गरेका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले सरकार गठन गर्दा गठबन्धन दलहरुबीच भएको सहमति अनुसार नै एमालेका तर्फबाट अघि सारिएको उम्मेदवारको जीत हुने दाबी गरेका हुन् ।
सरकार गठनको पृष्ठभूमिमा भएको सहमति सबै दलले इमान्दारिताका साथ पालना गर्ने उनको विश्वास छ । उनले एमालेबाट को उम्मेदवार हुने भन्दा पनि सहमति अनुसारको नतिजा आउने बताए ।
त्यस्तै उपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेलले अहिले लघुवितका क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले काम सुरु गरिसकेको जानकारी दिए ।