काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राष्ट्रपतिका विषयमा विभिन्न दलका आ-आफ्नै दाबी रहेका बेला कांग्रेसले आफ्नो उम्मेदवार प्रस्तुत गर्ने बताएका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता केसीले वर्तमान समयमा कांग्रेसका तर्फबाट राष्ट्रपति बन्नु अनिवार्य रहेको टिप्पणी गरे ।
मुलुकमा देखिएको आर्थिकलगायत समस्या समाधानका लागि र राष्ट्रिय हितका लागि कांग्रेसका तर्फबाट राष्ट्रपति बन्नु अनिवार्य रहेको उनको भनाइ छ । उनले कांग्रेसको उम्मेदवारलाई माओवादीले पूर्ण समर्थन गर्ने दाबी पनि गरे । केसीले गठबन्धन तोडेर अस्थीरताको कारक बन्न नचाहने स्पष्ट पारे ।