पोखरा। राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटघाट भएको छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको भेटमा विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पहलका विषयमा छलफल भएको छ।
भेटमा नेपाल सरकारका मुख्य सचिब शङ्कर दास वैरागी, राष्ट्रपति कार्यलयका सचिब यादव प्रसाद कोइराला, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रबिलाल पन्त समेत सहभागी थिए।