काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाँडामा सोमबार अपरान्ह सुरु भएको पदाधिकारी बैठक साँझ सकिएको हो ।
पार्टीको पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनबारे पार्टीको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ ।
बैठक सकिएलगत्तै संचारकर्मीलाई निर्णय सुनाउदै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गरेर पार्टीको तर्फबाट निर्णय लिने अधिकार प्रचण्डलाई दिएको जानकारी दिए ।