काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल शुरू गरेको छ ।राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे अन्य दलहरूसँग छलफल गर्दै आएको जसपाले आइतबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाई सो विषयमा छलफल शुरू गरेको हो ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे ठोस निर्णय गर्ने बेला नभए पनि त्यस सम्बन्धमा बैठकमा छलफल गरिएको पार्टीका प्रवक्ता प्रकाश अधिकारीले जानकारी दिए।
बैठकमा पार्टीको विधान अधिवेशनको तयारीका विषयमा पनि छलफल गरिएको थियो ।विधान अधिवेशन र त्यसको समयतालिकासहित विषयमा बैठकमा छलफल गरिएको प्रवक्ता अधिकारीले बताए।
सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी, नेपालले उपराष्ट्रपतिमा दाबी गर्दै आएको छ । यही फागुन २५ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।