काठमाडौँ । दुर्गा प्रसाईले नेकपा एमाले छाडेको घोषणा गरेका छन्।
झापाको काकडभिट्टामा केही दिनअघि पूर्वराज परिवारलाई भेला गरेर एक धार्मिक अभियान सुरु गरेपछि प्रसाईमाथि एमाले प्रदेश १ कमिटीले कारबाही सिफारिस गरेको थियो।
उनले आइतबार झापामा पत्रकारहरुसँगको कुराकानीका क्रममा एमाले छाडेर जनतामाझ आइसकेको बताए।
'सर्वप्रथम म एमाले पार्टी छाडेर जनतामाझ आएको छुु, उनले भने, 'कार्यकर्ताको नेता होइन जनताको मनमा बस्न चाहन्छु। अब एमाले छाडेर आइसकेको छु। तपाईंहरुमाझ हुनेछु।'