काठमाडौं। सरकारले २०८० सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता रेखा शर्माले २०८० सालका लागि यसअघि भएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको जानकारी दिइन्।
एनले सरकारले आउँदो भदौसम्म सार्वजनिक बिदाबारे पुनरावलोकन गरिसक्ने निर्णय गरेको बताइन्।
यसवर्ष पनि सरकारले पृथ्वी जयन्ती र ’जनयुद्ध दिवस’ मा बिदा दिएको थियो।
यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय (सूचीसहित)

